०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

Logo
एजेन्सी प्रकाशित बुधबार, साउन २३, २०८१

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन् । राजनीतिक अस्थिरताका बीच मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका हुन् ।

तीनै सेनाका प्रमुखको उपस्थितिमा राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको छलफलपछि राष्ट्रपतिले युनुसलाई सरकार प्रमुख घोषणा गरेका हुन् ।

विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुङ्गो लगाइने राष्ट्रपति शाहबुद्दिनका प्रेस सचिव जोयनाल अबेदिनले बताएका छन् ।

युनुस हाल देशबाहिर छन् । तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन् । सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन् ।

उनी गत जनवरीमा भएको निर्वाचनबाट देशको प्रधानमन्त्री चुनिएकी थिइन् । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]