०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

Logo
एजेन्सी प्रकाशित बुधबार, साउन २३, २०८१

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन् । राजनीतिक अस्थिरताका बीच मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका हुन् ।

तीनै सेनाका प्रमुखको उपस्थितिमा राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको छलफलपछि राष्ट्रपतिले युनुसलाई सरकार प्रमुख घोषणा गरेका हुन् ।

विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुङ्गो लगाइने राष्ट्रपति शाहबुद्दिनका प्रेस सचिव जोयनाल अबेदिनले बताएका छन् ।

युनुस हाल देशबाहिर छन् । तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन् । सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन् ।

उनी गत जनवरीमा भएको निर्वाचनबाट देशको प्रधानमन्त्री चुनिएकी थिइन् । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]