०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा

Logo
जनक दशौंदी प्रकाशित आइतबार, साउन २७, २०८१

मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा रहेकाे छ ।
लगातारकाे वर्षाले सिन्धुपाल्चोकको मेलम्चीमा एउटा घरमा क्षति पुगेको छ भने मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा परेको छ । स्थानीय देवीरमण लामिछानेको घरमा समेत बाढी पसेको छ ।

मेलम्चीको बाढीले हेलम्बुको चिलाउने घारीस्थित क्याम्पस आसपासको जमिन समेत बगाउनुका साथै संरक्षणका लागि बनाएको ढलान भत्काएर बाढी पस्दा क्याम्पसको क्यान्टिनमा क्षति पुगेको छ ।

झण्डै ४ सय विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पसको पछाडिको सबै भाग बाढीले बगाइसकेको छ । क्याम्पसको छेउमै रहेको घरभित्रै बाढी पस्दा घर पूर्णरूपमा क्षति भएको पीडितले बताएका छन  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]