२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन २३, २०८१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ। यसका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]