०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

यिनै हुन् भर्खरै दुर्घटनामा परि ज्यान गुमाएका हेलिकप्टरका क्याप्टेन अरुण मल्ल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन २३, २०८१

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शव फेला परेको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर तामाङले जनाएका छन् ।

घटनास्थलमा पुगेका वडाध्यक्ष तामाङले ५ जनाको शव फेला परेको जानकारी दिए ।

‘म अहिले घटनास्थलमै छु । यहाँ ५ जनाको शव जलेको अवस्थामा फेला परेको छ,’ वडाध्यक्ष तामाङले भने ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेट जाँदा उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

‘यहाँ चुचुरोमा ठोकिएर दुर्घटना भएजस्तो देखिन्छ,’ वडाध्यक्ष तामाङले भने, ‘हेलिकप्टर टुक्रा–टुक्रा भएको छ, केही बाँकी छैन ।’

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । अन्य ४ जना यात्रु चिनियाँ नागरिक रहेको जानकारी आएको छ ।उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]