२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

समाचार

आज काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) […]

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका […]

जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। उनका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा […]

काठमाडौँ / भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ । त्यस्तै फाइनल […]

बागलुङमा सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा आठजनाको मृत्यु भएको छ। जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय १५ वर्षीया विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो। त्यसैगरी बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घरमाथिबाट आएको पहिरोमा परी ६ जनाको मृत्यु […]

काठमाडौं- नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ । गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने […]

नेकपा (माओवादी केन्द्र)ले आसन्न २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ । चार दिन चलेको पदाधिकारी बैठकबारे जानकारी दिँदै मंगलवार प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीका विचार जनतासँग सोझै पुगोस् भन्ने हेतुले अर्को चुनाव एक्लै लड्ने गरी अगाडि बढ्ने निर्णय गरिएको बताए । ‘हामो सरकारले शुरू गरेका सामाजिक न्यायका मुद्दालाई गम्भीरतापूर्वक उठाउने ,भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाउने […]

काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली आज भारत फर्किनुभएको छ । देवी प्रतिभाले परिचित उहाँ पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आउनुभएको थियो । भारत फर्किँदै गर्दा उहाँले विमानस्थलमा नेपाली भूमीलाई ढोग गर्नुभएको थियो । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, […]

एजेन्सी | हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान […]