०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

ईसेवाको मोबाइल एप एन्ड्रोइडमा एक करोड बढी डाउनलोड

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३२, २०८१

काठमाडौं । नेपालको पुरानो डिजिटल वालेट ईसेवाको मोबाइल एप एन्ड्रोइडमा एक करोड बढी डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ईसेवा लिमिटेडले गुगल प्लेस्टोरमा यो आँकडा पूरा भएको जानकारी दिएको हो । योसँगै ईसेवा नेपालको फिनटेक क्षेत्रमै एक करोड डाउनलोड पूरा गर्ने पहिलो एप बनेको छ ।

“हाम्रो एक करोड खुसीका पलहरूमा सामेल हुनुहुने सबैलाई धन्यवाद !” कम्पनीले पोस्टमा भनेको छ ।​

“ईसेवाको यो यात्रा एक करोडमा रोकिंदैन र रोक्न दिने पनि छैनौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले भने, “इनोभेसन गर्दै नयाँ नयाँ चिज ल्याएर अझै हजुरहरू नयाँ प्रयोगकर्ताले पनि डाउनलोड गरेर एक सुरुवात हो भन्ने बनाइदिनु हुनेछ भन्नेमा विश्वस्त छु ।”

ईसेवाबाट अन्य ईसेवा खाता तथा बैंक खातामा रकम ट्रान्सफर, बिजुली, पानी, इन्टरनेट, मोबाइल रिचार्ज, टिभी सब्सक्रिप्सन लगायतका बिलहरूको भुक्तानी, ई-कमर्स कारोबार, विभिन्न बीमा कम्पनीहरूको प्रिमियम भुक्तानी लगायतका काम गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]