०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

ईसेवाको मोबाइल एप एन्ड्रोइडमा एक करोड बढी डाउनलोड

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ३२, २०८१

काठमाडौं । नेपालको पुरानो डिजिटल वालेट ईसेवाको मोबाइल एप एन्ड्रोइडमा एक करोड बढी डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ईसेवा लिमिटेडले गुगल प्लेस्टोरमा यो आँकडा पूरा भएको जानकारी दिएको हो । योसँगै ईसेवा नेपालको फिनटेक क्षेत्रमै एक करोड डाउनलोड पूरा गर्ने पहिलो एप बनेको छ ।

“हाम्रो एक करोड खुसीका पलहरूमा सामेल हुनुहुने सबैलाई धन्यवाद !” कम्पनीले पोस्टमा भनेको छ ।​

“ईसेवाको यो यात्रा एक करोडमा रोकिंदैन र रोक्न दिने पनि छैनौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले भने, “इनोभेसन गर्दै नयाँ नयाँ चिज ल्याएर अझै हजुरहरू नयाँ प्रयोगकर्ताले पनि डाउनलोड गरेर एक सुरुवात हो भन्ने बनाइदिनु हुनेछ भन्नेमा विश्वस्त छु ।”

ईसेवाबाट अन्य ईसेवा खाता तथा बैंक खातामा रकम ट्रान्सफर, बिजुली, पानी, इन्टरनेट, मोबाइल रिचार्ज, टिभी सब्सक्रिप्सन लगायतका बिलहरूको भुक्तानी, ई-कमर्स कारोबार, विभिन्न बीमा कम्पनीहरूको प्रिमियम भुक्तानी लगायतका काम गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]