०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट प्रदर्शनमा , ट्रेलर सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

काठमाडौं । नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्माता तथा नायिका पूजा शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल हुने विश्वास व्यक्र गरिन् ।

उनले भनिन्,‘म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरु सामु लिएर आएको थियौं । अहिले त्यो भन्दा फरक लिएर आएका छौं । फिल्म राम्रो बनेको छ । र यसले फिल्मले सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा,प्रदीप श्रीवास्तवको पटकथा,सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र भदौ २१ गते बाट देशभर प्रदर्शन हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]