०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट प्रदर्शनमा , ट्रेलर सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

काठमाडौं । नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्माता तथा नायिका पूजा शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल हुने विश्वास व्यक्र गरिन् ।

उनले भनिन्,‘म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरु सामु लिएर आएको थियौं । अहिले त्यो भन्दा फरक लिएर आएका छौं । फिल्म राम्रो बनेको छ । र यसले फिल्मले सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा,प्रदीप श्रीवास्तवको पटकथा,सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र भदौ २१ गते बाट देशभर प्रदर्शन हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]