०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

३० बर्ष भारतमा ब्यपत्ता,सुर्खेत पदमपुर घर बताउने एक ब्यक्ती परिवार संग भेटाईदिन भन्दै सम्पर्कमा ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ०३, २०८१

भारत ।  हाल भारतको देराधुन स्थीत विकास नगरमा रहेका अन्दाजी ४५ देखि ५० बर्ष उमेका एक मानिस आफ्नो घर परिवार संग मिलाईदिन आग्रह गर्दै हिरो नेपाल टिभिको सम्पर्कमा आएका छन ।

सुर्खेत पदमपुर घर बताउने उक्त ब्यक्ति आफ्नो नाम अङ्ग्रेज सर्मा बताउछन । उनि भन्छन,मेरो बुवाको नाम मानसिङ सर्मा हो र मेरो दाजुको नाम प्रेम सर्मा हो । अङ्ग्रेज सर्मा नाम बताउने यि मानिसले आफु करिब ३० बर्ष यता भारतमा ब्यपत्ता रहेको हिरो नेपाल टिभि संगको कुराकानिमा बताए ।

उनि अहिले राम्रो संग नेपाली बोल्न समेत जान्दैन्न् उनलाई हाल भातरको देराधुन स्थीत विकास नगरमा रहेका एक भरतियले आफ्नो संरक्षणमा राखेका छन । तिनै भातिय ब्यक्तीले फेसबुक मार्फत हिरो नेपाल टिभि संग सम्पर्क गरि अङ्ग्रेज सर्मा नाम गरेका ति नेपालीलाई आफ्नो परिवार संग भेटाई दिन आग्रह गरेका हुन ।

भारतको देराधुन स्थीत विकास नगरका उनै भारतियका अनुसार अङ्ग्रेज सर्मा नाम बताउने ति बेक्ती कोरोनाको महाँमारि फैलिनु भन्दा अगाडि भारतको देराधुनमै लामो समय काम गर्दै आएका थिए, जब कोरोनाको महाँमारि फैलिदै गयो अङ्ग्रेज सर्मा मानसिक सन्तुलन गुमाएर बेपत्ता भए ।

 

भारतिय भन्छन हामिले अङ्ग्रेज मरिसक्यो भनेर सोचेका थियौ तर जब कोरोनाको माहाँमारि सकियो तेसपछि अङ्ग्रेज जिउदै रहेको तर मानसिक अस्पतालमा रहेको जानकारि पाएउ, उनि भन्छन हामिसंग लामो समय काम गरेको मान्छे जिउदै रहेको भन्ने खबर पाय पस्चात हामि उसलाई भेट्न मानसीक अस्पताल गएर अङ्ग्रेज संग भेटेपछि, उसले आफु ठिक भैसकेको र हामि संगै जाने मन गरेपछि अस्पताललाई भनेर हामिले आफु संगै लिएर आयौ र उसलाई काममा लगाई दिएम, उसकोलागि खाने बस्ने समेत ब्यवस्था मिलाई दिएम ।

उनि भन्छन यस अघि अङ्ग्रेजले हामिलाई उसको नेपालको बारेमा केहि भन्नै चाहाँदैन थ्यो तर हिजो आज नेपाल फर्किन्छु भन्दैछ तेसैले हामिले उसको घरको बारेमा उसंग सोधपुज गर्दा उसले सुर्खेको पदमपुर घर बताउछ भने बुवाको नाम मानसिङ सर्मा र दाजुको नाम प्रेम सर्मा बताउदै आईरहेका छन ।

अङ्ग्रेज सोझो र इमान्दार भएकाले जसले पनि उसलाई ठग्ने लुट्ने गर्छन,कतिपए नेपाली र भारतियले त काम गरेको पैषा समेत दिदैन्न कतिलेत पैषा खाएर भागेकाछन २ /४ दिन पहिला मात्र उसको पैषा कसैले लुटि दिएछन  हामिले थाहा पाएपछि आधा पैषा फिर्ता गराएउ । उनि भन्छन तेसैले जसरि हुन्छ उसको परिवार संग मिलाई दिनु होला

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]