०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

धनगढी । मंगलबार रातिदेखि अविरल वर्षाका कारण कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा परेका छन् ।

कान्द्रा र मोहना नदीमा पानीको बहाव उच्च भएर बस्तीमा पस्दा नदी किनारका धेरै घरहरु डुबानमा परेका छन् । साना खोलाहरुमा पनि बाढी आउँदा वरपरका घरहरु डुवानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जिल्लाका विभिन्न स्थानीय तहमा १५ सय भन्दा बढी घर डुबानमा परेको जानकारी दिए । घर डुबानमा परेपछि त्यहाँ बसोबास गर्दै आएका साढे चार हजार मासिन प्रभावित भएका छन् ।

उनका अनुसार सबैभन्दा धेरै भजनी नगरपालिकामा साढे ९ सय घर प्रभावित भएका छन् । भजनीको ३,४,५,७,८,९ नम्बर वडाका बस्तीहरु डुबानमा परेको जोशीले बताए । भजनीपछि कैलाली गाउँपालिका, घोडाघोडी नगरपालिकासहितका सबैजसो स्थानीय तह प्रभावित भएको उनको भनाइ रहेको छ ।

प्रभावितहरुलाई अहिले स्थानीय स्तरमा रहेका सामुदायिक विद्यालयमा व्यवस्थापन गरी राखिएको छ भने घरमा पसेको पानी सुक्न थालेपछि धेरैजसो मानिस घर फर्किन थालेको पनि प्रशासनले जनाएको छ ।

प्रभावितहरुलाई स्थानीय तहमार्फत आवश्यक पर्ने राहत वितरणको काम पनि भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]