०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

माओवादी-एमाले एकताकाे प्रयासमा विद्याकाे सक्रियता,आत्तियाे काँग्रेस

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै शुक्रबार नेता कृष्णप्रसाद सिटौलाले सत्ता गठबन्धनबारे एउटा गम्भिर प्रश्न र आशंकाहरू उठाए। उनी राष्ट्रियसभामा नेपाली काँग्रेसका संसदीय दलका नेता पनि हुन्। र अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस अनि नेकपा एमालेको साझेदारी सरकार छ। नेकपा माओवादीसँगको गठबन्धन तोडेर नेकपा एमाले गत असारमा नेपाली काँग्रेससँग मिलेको थियो। र सात […]

काठमाडौं । राष्ट्रिय परिचयपत्रलाई अन्य व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश डाक्टर मनोजकुमार शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्रलाई अन्य व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न अन्तिम आदेश दिएको हो । अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानुन न्याय […]

काठमाडौँ। कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो […]

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन् । नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरू […]

काठमाडौं । तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’ लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् । यो तीजमा पनि […]

काठमाडौं । डिजिटल वालेट इसेवाले विना धितो २ लाख सम्मको व्यवसायीक कर्जा सेवा सुरु गरेको छ । इसेवाबाट प्रयोगकर्ताहरूले बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको व्यावसायिककर्जा सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कुमारी बैंक र फोनलोनसँगको सहकार्यमा इसेवाले ईजी लोन नामको कर्जा सुविधा ल्याएको कम्पनीले जनाएको […]

काठमाडौं । भारतको उत्तरखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको ज्यान गएको छ । बिहीबार राति परेको अविरल वर्षापछि पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरो खसेको थियो । मृत्यु हुनेमा तुलबहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जिल्ला विपद् व्यवस्थापन अधिकृत […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि […]

तनहुँ, । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। आफन्तले शव […]

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ । साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिन पनि अन्तरिम आदेश दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा […]