०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

ई-सेवाद्वारा बिना धितो २ लाखसम्मको व्यवसायीक कर्जा सेवा सुरु

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं । डिजिटल वालेट इसेवाले विना धितो २ लाख सम्मको व्यवसायीक कर्जा सेवा सुरु गरेको छ ।

इसेवाबाट प्रयोगकर्ताहरूले बिनाकुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको व्यावसायिककर्जा सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कुमारी बैंक र फोनलोनसँगको सहकार्यमा इसेवाले ईजी लोन नामको कर्जा सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

हालै गुगलप्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको दाबी गर्ने इसेवाले अब प्रयोग कर्ताहरुलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको जनाएको छ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरुलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले घोषणा गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]