०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

`गुमनाम रहेकि सुपरस्टार’ विष्णु माझीकाे नयाँ तीज गीत सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ०८, २०८१

काठमाडौं । तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’

लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् ।

यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।

यो पनि पढ्नुहोस
टेलर स्वीफ्टको मात्रै होइन, बिष्णु माझीको पनि बन्न सक्छ इतिहास
माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।

यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]