०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

`गुमनाम रहेकि सुपरस्टार’ विष्णु माझीकाे नयाँ तीज गीत सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ०८, २०८१

काठमाडौं । तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’

लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् ।

यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।

यो पनि पढ्नुहोस
टेलर स्वीफ्टको मात्रै होइन, बिष्णु माझीको पनि बन्न सक्छ इतिहास
माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।

यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]