०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : ‘प्रचण्ड’

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ०८, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन् ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरू पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरू जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुहोला, हामीलाई रोक्न कसैले सक्दैन ।’

उनले काँग्रेस र एमालेले आफूहरूलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

प्रचण्डले थपे, ‘३२ सिटलाई यिनीहरूले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि १ भएभरका सीट त काँग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौँ । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौँ, २४२ को वरिपरि थियौँ समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरूलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौँ भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनै पर्छ ।’

उनले २०६४ को निर्वाचनमा भोट हाल्ने जनताको घरघर गएर आत्मसमीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]