०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी […]

आज पनि धेरै ठाउँमा वर्षाको आकलन, सुदूरपश्चिम बढी प्रभावित मनसुन देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि झमझम पानी परेको छ । यसमध्ये पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ । यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ । यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको […]

सुर्खेत । दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरि ६ जना किसान पुरस्कृत भएका हुन्। शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। पशु अस्पताल […]

मनाङ सदरमुकामा चामेमा मर्स्याङ्दी नदिको वहाव बढेको छ । उक्त वहावका कारण पक्की पुल बढेको नदीले छोएको छ । बजार आसपास रहेका साना खोलामा समेत पानीको बहाव बढ्दा आवतजावतमा कठिनाई भएको छ । निरन्तर बर्षा भईरहँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रसासन मनाङले आग्रह गरेको छ ।

आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, […]

नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन्। पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी […]

काठमाडौं — नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। २०८१ असार २३ गते आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो। प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। नेपाली काँग्रेससँग नयाँ समीकरण […]

सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी बैठक बोलाएका हुन्। ‘बिहान ९ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष ज्यूले पदाधिकारी बैठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रका नेता गणेश साहले नेपालखबरसँग भने। कांग्रेससँग सत्ता सहयात्रा […]

सुर्खेत । विरेन्द्रनगर नगरपालिकामा सञ्चालन भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका एस.एस.पि वीर बहादुर ओलिले कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन भनि बताउनु भएको छ । कर्णालीमा बर्ष पिच्छे घरेलु हिंसा देखि लिएर विभिन्न प्रकार घटना बढ्दै गएको छ ।यहाँ तराई मा धुरी जोडिएको छ अनि […]

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले महिलालाई राजनीति गर्न कठिन हुने गरेको बताएकी छिन्। सोमबार वीरेन्द्रनगरमा भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले यस्तो बताएकी हुन्। सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा नगरप्रमुख ढकालले महिलाहरुलाई राजनीति मात्र नभएर अन्य जुनसुकै क्षेत्र […]