०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

माओवादीलाई हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले द्वन्द्वको निम्तो दिएः वाईसीएल अध्यक्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्री सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को द्वन्द्वको निम्तो दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनी अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिमा असहमति जनाउँदै शेर्पालीले देशको प्रधानमन्त्रीलाई संविधान र कानुन बाहिर गएर बोल्ने […]

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रूपमा अघि बढेको बताइन् । “कामले गति लिइसकेको छ […]

काठमाडौँ । अमेरिकामा बेपत्ता नर्स ममता भट्ट काफ्लेको हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ । तर प्रहरीले सिग्नल हिल पार्कमा गाडिएको आंशका गरेर खोजी सुरु गरेको छ । मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा खोजी गरेको छ। श्रीमती बेपत्ता पारेको र शव लुकाएको […]

कर्णाली । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको संख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको […]

काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू घरमै सकुशल रहेको बताएका छन् । हिजैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् । ‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएकाे रहेछ’, उनले भने, ‘म घरमै सकुशल बसिरहेकाे छु ।’ कसरी र […]

काठमाडौँ- आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ । प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको […]

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव गरिरहेको छ । कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान अहिले भइरहेको जनाइएको छ । बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् । थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह […]

काठमाडौँ । ६३ उपसचिवसहित ७० कर्मचारीको सरुवा सरुवा गरिएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै मन्त्रालय मातहत विभिन्न निकायमा कार्यरत ६३ उपसचिव र ७ जना अधिकृतको सरुवा गरेको हो । मन्त्रालयले इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) र राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) सात कर्मचारीको सरुवा, […]

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भएपनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकमा टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको बताएपनि […]

प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो […]