०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

बेपत्ता ममताको शव भेटिने आस जाग्यो, सिग्नल हिल पार्कमा गाडिएको प्रहरीकाे आंशका

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १५, २०८१

काठमाडौँ । अमेरिकामा बेपत्ता नर्स ममता भट्ट काफ्लेको हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ । तर प्रहरीले सिग्नल हिल पार्कमा गाडिएको आंशका गरेर खोजी सुरु गरेको छ । मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा खोजी गरेको छ।

श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पु¥याएको सूचना प्राप्त भएको जनाएको छ। प्रहरीले उनको घरको बेडरुम र बाथरुममा भेटेको रगत, उनले किनेका तीनवटा चक्कु र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्यौल निकालेको छ।

वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्ट उक्त घर बेचेर भाग्ने तयारी गरिरहेको प्रमाणहरु फेला परेका छन्। प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्घृत गर्दै भनिएको छ, ’बेपत्ता नर्स ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए। सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए।

ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका थिए ।जुलाई ३१ देखि ममता परिवारको सम्पर्कमा छैनन्। नरेशले त्यो बीचमा कसैलाई खबर गरेका गरेनन । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

ममताका परिवारका सदस्यहरूले अमेरिकामा न्यायको खोजी गरिरहेका छन् । ममताका बुवा कमल काफ्लेले छोरीसँग अन्तिमपटक साउन ११ गते कुराकानी हुँदा उनको अनुहार मलिनो रहेको दाबी गरे ।यतिबेला ममताकी आमा र दाइ अमेरिकामा पुगेका छन् । परिवारका सदस्यहरूले ममताको न्यायका लागि अमेरिकी राजदूतावास र नेपाल सरकारले अझै ठोस कदम नचालेको गुनासो गरेका छन् ।
५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग भट्टको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो ।

सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो । ०७७ साल मंसिर २५ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिइन् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी ममता साउन १६ (जुलाई ३१) देखि बेपत्ता छिन् । नरेशले ३० जुलाइमा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]