०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

एकीकृत समाजवादीको पदाधिकारीको मतदान जारी, कुन पदमा को को लड्दै छन् ? हेराै

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र ११, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव गरिरहेको छ ।

कुल १८ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्यका लागि मतदान अहिले भइरहेको जनाइएको छ । बरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् ।

थप १७ जना पदाधिकारीमध्ये महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्तीदेवी राई चुनावी मैदानमा छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झा मैदानमा छन् ।

यस्तै ४ जना खुला उपाध्यक्षका लागि ११ जना चुनावी मैदानमा छन् । जसमा ललितबहादुर बस्नेत, गंगालाल तुलाधर, भानुभक्त जैसी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम प्रसाद बास्कोटा छन् ।

त्यस्तै चार जना उपमहासचिव पदक लागि १९ जना प्रतिस्पर्धामा छन् । जसमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई महेश रेग्मी, देउमान सम्वाहाम्फे, नागेन्द्रप्रसाद चौधरी, मेटमणि चौधरी, अम्मरबहादुर थापा, राजेन्द्रकुमार राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का रहेका छन् ।

यस्तै दलितर्फको सचिवमा निरादेवी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् । यस्तै आदिवासी जनजाती समुदायबाट बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ चुनावी मैदानमा छन् ।

त्यसैगरी पाँच खुल्ला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ भने १०५ पोलिटब्युरो सदस्यका लागि २०३ जनाको उम्मेदवारी परेको छ ।

यसअघि असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकले ३४४ केन्द्रीय सदस्य पुर्याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]