०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

माओवादीलाई हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले द्वन्द्वको निम्तो दिएः वाईसीएल अध्यक्ष

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्री सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को द्वन्द्वको निम्तो दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनी अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिमा असहमति जनाउँदै शेर्पालीले देशको प्रधानमन्त्रीलाई संविधान र कानुन बाहिर गएर बोल्ने छुट नरहेको बताएका छन् । उनले माओवादीलाई १७ हजारको हत्याराको आरोप लगाउने व्यक्ति देशको प्रधानमन्त्री हुनै नसक्नेसमेत टिप्पणी गरेका छन् ।

‘माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनै सक्तैन । किनकी प्रधानमन्त्री देशको मूल कानुन, अर्थात् संविधानको अधिनमा रहेर आफ्नो अभिव्यक्ति दिनेगर्छ । केपी शर्मा ओलीले दिएको अभिव्यक्ति गठबन्धन सरकारको प्रधानमन्त्रीले दिएको हो भने अर्को भीषण द्वन्दको निम्तोको संकेतका रूपमा यसलाई लिनुपर्छ,’– उनले भनेका छन् ।

त्यस्तै ओलीको अभिव्यक्ति एमाले पार्टी अध्यक्षको हैसियतमा भएको खण्डमा पनि संविधानले स्वीकार गरेको सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाविपरीत हुने उनको भनाइ छ । पछिल्ला गतिविधिमा कांग्रेसको मौनता प्रधानमन्त्री ओलीको अराजकताले देशमा महासंकट निम्तिनसक्ने उनले संकेत गरेका छन् । ‘हेर्नलायक के छ भने, यी सबै गतिविधिमा कांग्रेसको मौनता र केपी ओलीको अराजकताका कारण देशमा ठुलो महासंकट निम्तन सक्छ । सचेत राजनैतिक दलहहरू, नागरिक समाज सबै सचेत बनौं । मुर्खको चंगुलबाट राष्ट्रलाई जोगाऔं,’– उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]