०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

माओवादीलाई हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनसक्दैन, ओलीले द्वन्द्वको निम्तो दिएः वाईसीएल अध्यक्ष

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्री सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को द्वन्द्वको निम्तो दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनी अभिव्यक्ति दिएका थिए । ओलीको सोही अभिव्यक्तिमा असहमति जनाउँदै शेर्पालीले देशको प्रधानमन्त्रीलाई संविधान र कानुन बाहिर गएर बोल्ने छुट नरहेको बताएका छन् । उनले माओवादीलाई १७ हजारको हत्याराको आरोप लगाउने व्यक्ति देशको प्रधानमन्त्री हुनै नसक्नेसमेत टिप्पणी गरेका छन् ।

‘माओवादीलाई १७ हजारको हत्यारा भन्ने देशको प्रधानमन्त्री हुनै सक्तैन । किनकी प्रधानमन्त्री देशको मूल कानुन, अर्थात् संविधानको अधिनमा रहेर आफ्नो अभिव्यक्ति दिनेगर्छ । केपी शर्मा ओलीले दिएको अभिव्यक्ति गठबन्धन सरकारको प्रधानमन्त्रीले दिएको हो भने अर्को भीषण द्वन्दको निम्तोको संकेतका रूपमा यसलाई लिनुपर्छ,’– उनले भनेका छन् ।

त्यस्तै ओलीको अभिव्यक्ति एमाले पार्टी अध्यक्षको हैसियतमा भएको खण्डमा पनि संविधानले स्वीकार गरेको सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलनको मर्म र भावनाविपरीत हुने उनको भनाइ छ । पछिल्ला गतिविधिमा कांग्रेसको मौनता प्रधानमन्त्री ओलीको अराजकताले देशमा महासंकट निम्तिनसक्ने उनले संकेत गरेका छन् । ‘हेर्नलायक के छ भने, यी सबै गतिविधिमा कांग्रेसको मौनता र केपी ओलीको अराजकताका कारण देशमा ठुलो महासंकट निम्तन सक्छ । सचेत राजनैतिक दलहहरू, नागरिक समाज सबै सचेत बनौं । मुर्खको चंगुलबाट राष्ट्रलाई जोगाऔं,’– उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]