२७ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ सकुशल,मृत्युको हल्ला, झुटाे हल्ला मात्र

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १५, २०८१

काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू घरमै सकुशल रहेको बताएका छन् । हिजैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएकाे रहेछ’, उनले भने, ‘म घरमै सकुशल बसिरहेकाे छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न सकेको छैन उनि भन्छन ।

‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको मेराे तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्‍यो । त्यो मैले बुझ्न सकिन ।’

अधिकारीको सुत्रफबार साँझैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साँप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन अतेन्त  सफल छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]