मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा रहेकाे छ । लगातारकाे वर्षाले सिन्धुपाल्चोकको मेलम्चीमा एउटा घरमा क्षति पुगेको छ भने मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा परेको छ । स्थानीय देवीरमण लामिछानेको घरमा समेत बाढी पसेको छ । मेलम्चीको बाढीले हेलम्बुको चिलाउने घारीस्थित क्याम्पस आसपासको जमिन समेत बगाउनुका साथै संरक्षणका लागि बनाएको ढलान भत्काएर बाढी पस्दा […]
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ […]
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध बनाएकाे हो । बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिएका छन । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज […]
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शव फेला परेको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर तामाङले जनाएका छन् । घटनास्थलमा पुगेका वडाध्यक्ष तामाङले ५ जनाको शव फेला परेको जानकारी दिए । ‘म अहिले घटनास्थलमै छु । यहाँ ५ जनाको शव जलेको अवस्थामा […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौँबाट उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि […]
काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन् । राजनीतिक अस्थिरताका बीच मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका हुन् । तीनै सेनाका प्रमुखको उपस्थितिमा राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको छलफलपछि राष्ट्रपतिले युनुसलाई सरकार प्रमुख घोषणा गरेका हुन् । विभिन्न राजनीतिक […]
काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका […]
जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। उनका […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा […]