०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

श्रमजिवी बहुउदेशीय सहकारीले बाँड्यो अनाथ आश्रममा खाद्यान्य

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, भाद्र २४, २०८१

बारा:=श्रमजिवी बहुउदेशीय सहकारी संस्था लि. ले आफनो ४ औ स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अमृता अनाथ आश्रमलाई सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच सहकारी संस्थाको अध्यक्ष सदाम हुसेन मंसुरले आश्रममा ६ हजार बराबरको चामल दाल चाउ चाउ बिस्कुट सोयाबिन खाधान्न सामग्री हस्तान्तरण गरेका छन ।

कार्यक्रममा संस्थाको अध्यक्ष मंसुरले असहाय र सडकपेटीमा बस्ने बालबालिकाहरुलाई आश्रम दिनेमात्र नभई असहाय बालबालिकाहरुलाई शिक्षा दिक्षा दिएर अनुशासित नागरिक बनाउन काममा आश्रम ब्यवस्थापन समितिको योगदान रहेको बताए । स्थानिय सरकारको कामलाई एउटा सामाजिक संस्थाबाट सहयोग भएको भन्दै आगामीदिनमा आवश्यक सहयोगको प्रतिवद्धता जनाए ।

४ औ स्थापना दिवसको अवसरमा यस संस्थाले आफ्ना शेयर सदस्यको लागि विभिन्न किसिमका सुविधा पनि उपलब्ध ल्याएका छन् ।

उक्त कार्यक्रममा संस्थाको सदस्य श्रवण कुमार, आलिम मियाँ, बजार प्रतिनिधि नाजिर हुसेन मियाँ, कर्मचारी नौंसद मंसुर लगायतको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]