०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक, कास्कीका कृतिन लामिछाने टपर

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र २३, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८१/०८२ को लागि लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिवार एक सूचना जारी गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको हो ।

उक्त प्रवेश परीक्षा गत १६ देखि २२ भदौसम्म कम्प्युटर विधि मार्फत लिइएको थियो । यसपटक कुल ९ हजार ३६० परीक्षार्थी सहभागी भएकोमा कास्कीका कृतिन लामिछाने प्रथम भएको प्रवेश परीक्षा बोर्डका अध्यक्ष डा. सुरज लामिछानेले जानकारी दिए ।

यससँगै अब आईओई अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना सुरु हुनेछ । आईओई प्रवेश परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]