०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

विराज भट्टको निर्माण तथा निर्देशन रहेको,चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र २२, २०८१

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ आज सार्वजनिक भएको हो ।

गीतमा विराज भट्ट र अर्जुन पोखरेलको शब्द छ । अर्जुन पोखरेलले संगीत गरेको गीतमा स्वर बलिउड गायक नकाश अजिजको छ ।

रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराज भट्टका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

सोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी अभिनेत्री हुन् । उनको यो पहिलो नेपाली चलचित्र हो ।

‘१२ गाउँ’मा समीरसँगै विराज भट्ट, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाललगायतको अभिनय छ ।

विराज स्वंयमले चलचित्रको कथा लेखेका छन् । सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको चलचित्र असोज २४ गते रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]