०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

भिजिट भिसा प्रकरण मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्व मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ। यो […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट अपिल जारी गर्दै संविधान पुनर्लेखनको नयाँ एजेन्डा अघि सारेका छन् । यो संविधान भ्रष्टहरूको आर्थिक र सामाजिक अपराधको टेको बनेको उनको निष्कर्ष रहेको छ । उनको अपिलमा भनिएको छ, ‘म रहुँला नरहुँला, तर मेरा केही संकल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको […]

लेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले विशेष सम्मान गरेको छ। नेपाल सोतोकान कराते डो संघ (SKDUN) अन्तर्गतको टोली जुन २० देखि २२ जुनसम्म आयोजित प्रतियोगितामा सहभागी भएको थियो। उक्त टोलीमा खेलाडी, कोच र रेफ्रीसहित कुल १२ जना रहेका थिए। प्रतियोगितामा अन्तर्राष्ट्रिय […]

नेपालको डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले टच एन गो वालेट सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ। यस सम्झौता टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो। […]

काठमाडौं । नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले आक्रमण गरी राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा मसाल नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भत्र्सना गरेका हुन् । ‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् । आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । महासंघका पदाधिकारीहरू प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको […]

स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ। भरतपुरकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै ५ अर्ब १९ करोड कुल विनियोजन गरेकी हुन्। दाहालले सडक बत्ती महशुल स्मार्ट लाइट भुक्तानीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन […]

आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा अलआउट भएको थियो । नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्ने छ । १६ वर्षमुनिको इस्ट जोन […]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ। शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए। यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। ‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने […]

अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्। ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र एस्फहान सहित इरानका तीन आणविक साइटमा हाम्रा धेरै सफल आक्रमण पूरा गरेका छौँ।’ उनले […]