०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

इसेवा मनी ट्रान्सफर र मलेसियाकाे ‘टच एन गो’ वालेट बीच साझेदारी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

नेपालको डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले टच एन गो वालेट सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।

यस सम्झौता टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो।

सम्झौतामा इसेवा मनी ट्रान्सफर र टच एण्ड गो वालेट बीचको दीर्घकालीन सहकार्यको सम्भावना पनि प्रस्ट पारिएको छ।

सम्झौता अनुसार अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो वालेट मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्।

टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरनले नेपालकै सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्ट अन्तर्गतको पहिलो डिजिटल रेमिटेन्स कम्पनी, इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे।

उनले भने, ‘यो साझेदारी केवल रेमिटेन्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धिका र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्द्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। अब मलेसियामा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले टच एन गो एपमार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा आफ्नो योगदान गर्न सक्नेछन्। यस साझेदारीले भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुका साथै प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच टेवा पुर्‍याउने छ भन्ने हाम्रो विश्वास छ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू प्रयोग गरी देशव्यापी रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो, जसले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ।

टच एण्ड गो वालेट मलेसियाको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित, सहज र भरपर्दो डिजिटल भुक्तानी समाधानहरू प्रदान गर्छ।

विभिन्न क्षेत्रहरूमा व्यापक रूपमा स्वीकार गरिएको टच एण्ड गो वालेट ले सिर्जनात्मक प्रविधि र प्रयोगकर्ता मैत्री सेवामार्फत बजारमा अग्रणी स्थान मात्र बनाएको छैन, मलेसियालाई नगदरहित अर्थतन्त्रतर्फ रूपान्तरण गर्नेतर्फ दिशानिर्देशकको भूमिका पनि निर्वाह गर्दै आएको छ।

यस साझेदारीमार्फत प्रवासी नेपाली समुदायलाई वित्तीय समावेशिताको नयाँ ढोका खोलिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]