०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

इसेवा मनी ट्रान्सफर र मलेसियाकाे ‘टच एन गो’ वालेट बीच साझेदारी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

नेपालको डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले टच एन गो वालेट सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।

यस सम्झौता टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो।

सम्झौतामा इसेवा मनी ट्रान्सफर र टच एण्ड गो वालेट बीचको दीर्घकालीन सहकार्यको सम्भावना पनि प्रस्ट पारिएको छ।

सम्झौता अनुसार अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो वालेट मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्नेछन्।

टिएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरनले नेपालकै सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्ट अन्तर्गतको पहिलो डिजिटल रेमिटेन्स कम्पनी, इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे।

उनले भने, ‘यो साझेदारी केवल रेमिटेन्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धिका र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्द्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो।

इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। अब मलेसियामा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले टच एन गो एपमार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा आफ्नो योगदान गर्न सक्नेछन्। यस साझेदारीले भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुका साथै प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच टेवा पुर्‍याउने छ भन्ने हाम्रो विश्वास छ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू प्रयोग गरी देशव्यापी रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो, जसले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ।

टच एण्ड गो वालेट मलेसियाको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित, सहज र भरपर्दो डिजिटल भुक्तानी समाधानहरू प्रदान गर्छ।

विभिन्न क्षेत्रहरूमा व्यापक रूपमा स्वीकार गरिएको टच एण्ड गो वालेट ले सिर्जनात्मक प्रविधि र प्रयोगकर्ता मैत्री सेवामार्फत बजारमा अग्रणी स्थान मात्र बनाएको छैन, मलेसियालाई नगदरहित अर्थतन्त्रतर्फ रूपान्तरण गर्नेतर्फ दिशानिर्देशकको भूमिका पनि निर्वाह गर्दै आएको छ।

यस साझेदारीमार्फत प्रवासी नेपाली समुदायलाई वित्तीय समावेशिताको नयाँ ढोका खोलिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]