२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

माओवादी केन्द्रसहितका नाै कम्युनिष्ट पार्टीले गरे इरानमाथि अमेरिकी आक्रमणको घाेर विरोध

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

काठमाडौं । नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले आक्रमण गरी राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा मसाल नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भत्र्सना गरेका हुन् ।

‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ,’ ती दलले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’
उनीहरुले इरानमाथि अमेरिकाले युद्ध अपराध गरेको आरोप लगाउँदै विश्वयुद्धको खतरासमेत देखेका छन् ।

‘यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ यो गम्भीर युद्ध अपराध हो,’ उनीहरुले भनेका छन्, ’यसको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ ।’

उनीहरुले विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनुपर्ने बताएका छन् ।

माओवादी महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव आहुति, नेकपा (बहुमत)का कृष्णप्रसाद धमला र नेकपा, उपाध्यक्ष रामबहादुर भण्डारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । इजरालयले आक्रमण गरेपछि इरान इजरायल युद्ध चर्किरहेका बेला अमेरिकाले गएराति इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]