०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

माओवादी केन्द्रसहितका नाै कम्युनिष्ट पार्टीले गरे इरानमाथि अमेरिकी आक्रमणको घाेर विरोध

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ०९, २०८२

काठमाडौं । नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकाले आक्रमण गरी राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा मसाल नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत नौ कम्युनिस्ट पार्टीले इरानमाथि अमेरिकी आक्रमणको भत्र्सना गरेका हुन् ।

‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ,’ ती दलले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’
उनीहरुले इरानमाथि अमेरिकाले युद्ध अपराध गरेको आरोप लगाउँदै विश्वयुद्धको खतरासमेत देखेका छन् ।

‘यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ यो गम्भीर युद्ध अपराध हो,’ उनीहरुले भनेका छन्, ’यसको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ ।’

उनीहरुले विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनुपर्ने बताएका छन् ।

माओवादी महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव आहुति, नेकपा (बहुमत)का कृष्णप्रसाद धमला र नेकपा, उपाध्यक्ष रामबहादुर भण्डारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । इजरालयले आक्रमण गरेपछि इरान इजरायल युद्ध चर्किरहेका बेला अमेरिकाले गएराति इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]