२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

‘प्रचण्ड’ र ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ ०८, २०८२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ।

शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए।

यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने तथा दुई पार्टीबीच एकताको लागि छलफल र सहकार्य अघि बढाउँदै जाने समझदारी बनेको छ,’ एक सचिवालय सदस्यले भने।

प्रचण्डले सार्वजनिक रुपमा पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको बताउँदै आएका छन्।

तर, विप्लव पक्षले भने माओवादी केन्द्र पार्टी एकताप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै आएको छ।

नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले प्रचण्ड र बाबुरामहरुलाई आफूले जीवनभर साथ दिए पनि अवसर नपाएको गुनासो गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]