०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

स्मार्ट भरतपुर बनाउन बजेट : सीसीटीभी जडान र रंगशाला निर्माणलाई ४–४ करोड

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ ०८, २०८२

स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।

भरतपुरकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै ५ अर्ब १९ करोड कुल विनियोजन गरेकी हुन्।

दाहालले सडक बत्ती महशुल स्मार्ट लाइट भुक्तानीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन गरेको महानगरले शिक्षा विकासतर्फ १० करोड ५० लाख, खाल्टाखुल्टी मर्मतको लागि ४ करोड छुट्याएको छ।

स्वास्थ्य सेवातर्फ महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ओपीडी टिकट अनुदानमा २५ लाख र समुदायसँग मेयर कार्यक्रम, स्वास्थ्य परीक्षण स्क्रिनिङ कार्यक्रमलगायत स्वास्थ्य सेवाको लागि ३ करोड विनियोजन गरेकी छिन्।

महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशुलमा अनुदान, फोहोर संकलन तथा हरियाली प्रवर्द्धनको लागि ४ करोड, विश्रामस्थलको लागि ५० लाख, ट्राफिक संकेतलगायतका लागि ५० लाख, सूचना तथा प्रविधि क्षेत्रको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय सुरु गर्न बीउपुँजी अनुदानलगायत कार्यान्वयन गर्न १ करोड, महिला उद्यामीलाई प्रोत्साहन गर्न १ करोड छुट्याइएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधूरो कार्य पूरा गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ। महानगरपालिकाको प्रशासनिक भवन निर्माणसँगै इन्टेरियरको कामका लागि ४ करोड बजेट व्यवस्थापन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]