०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

स्मार्ट भरतपुर बनाउन बजेट : सीसीटीभी जडान र रंगशाला निर्माणलाई ४–४ करोड

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ ०८, २०८२

स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।

भरतपुरकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै ५ अर्ब १९ करोड कुल विनियोजन गरेकी हुन्।

दाहालले सडक बत्ती महशुल स्मार्ट लाइट भुक्तानीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन गरेको महानगरले शिक्षा विकासतर्फ १० करोड ५० लाख, खाल्टाखुल्टी मर्मतको लागि ४ करोड छुट्याएको छ।

स्वास्थ्य सेवातर्फ महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ओपीडी टिकट अनुदानमा २५ लाख र समुदायसँग मेयर कार्यक्रम, स्वास्थ्य परीक्षण स्क्रिनिङ कार्यक्रमलगायत स्वास्थ्य सेवाको लागि ३ करोड विनियोजन गरेकी छिन्।

महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशुलमा अनुदान, फोहोर संकलन तथा हरियाली प्रवर्द्धनको लागि ४ करोड, विश्रामस्थलको लागि ५० लाख, ट्राफिक संकेतलगायतका लागि ५० लाख, सूचना तथा प्रविधि क्षेत्रको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय सुरु गर्न बीउपुँजी अनुदानलगायत कार्यान्वयन गर्न १ करोड, महिला उद्यामीलाई प्रोत्साहन गर्न १ करोड छुट्याइएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधूरो कार्य पूरा गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ। महानगरपालिकाको प्रशासनिक भवन निर्माणसँगै इन्टेरियरको कामका लागि ४ करोड बजेट व्यवस्थापन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]