०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने ।

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २८, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ ।

टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो ।

 

‘विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्ने कुरा भएको छ,’ थारूले अनलाइनखबरसँग भने, ‘निवर्तमान अध्यक्षलाई नै सहअध्यक्ष बनाइने गरी छलफल चलेको छ ।’

रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन् ।

नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए ।

पत्नीको असन्तुष्टि मात्र नभएर भविष्यमा आउनसक्ने कानुनी जटिलतालाई समेत ध्यानमा राखेर रेशमले पार्टीको विधान संशोधन गर्न लागेको एक नेताले बताए । ‘राष्ट्रपतिले उहाँलाई बाँकी कैद मिनाह गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला अध्यक्षमा सर्वसम्मत हुनुभएको छ । कतिपयले टीकापुर घटनामा जन्मकैद पाएकाले उहाँ अध्यक्षा बन्न पाउनुहुन्न भन्ने कुरा गरिराख्नुभएको छ,’ ती नेताले अनलाइनखबरसँग भने, ‘यदि निर्वाचन आयोगले उहाँलाई अध्यक्षमा मान्यता दिएन भने रञ्जिता म्याडमलाई नै कार्यकारी अधिकार दिनेगरी विधान संशोधन हुन लागेको हो । त्यसपछिको अध्यक्ष उहाँ नै बन्नुहुनेछ ।’

नाउपाले प्रथम महाधिवेशनबाट अध्यक्षसहितका २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ भने दुई उपाध्यक्षमा सहमतिको प्रयास जारी रहेको जनाएको छ ।

रञ्जिताले अध्यक्षमा दोहोरिने इच्छा राखे पनि रेशम चौधरीले मनोनयन दर्ता गरेपछि उनी महाधिवेशन स्थल छाडेर हिँडेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]