०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन ०६, २०८३

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार

इ.सं. : 22th September 2026 (Tuesday)

सूर्योदय: बिहान ०५:५२ बजे

सूर्यास्त: बेलुका १७:५९ बजे

तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी

पक्ष : भाद्र शुक्लपक्ष

नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण

योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा

करण : वणिज ०७:१० सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: मकर

ऋतु : शरद

अयन : दक्षिणायन

आजको राशिफल
मेष राशि

परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ।

बृष राशि

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन राशि

मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट राशि

व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह राशि

सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या राशि

दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला राशि

ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक राशि

पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु राशि

लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर राशि

आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ राशि

स्वास्थ्य र मनोरन्जनमा खर्च हुन सक्छ। काममा अवरोध र साथीबाट सहयोग नपाइने सम्भावना छ। विद्यार्थीलाई पढाइमा ध्यान दिनु पर्छ।

मीन राशि

आम्दानीका नयाँ स्रोतहरू पाउनेछन्। परिवार र प्रेम जीवन सुखी रहनेछ। रमाइलो यात्रा र मिष्ठान्न भोजनको योग छ। लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

आज मिति  वि. सं. : २०८३ असोज ५ गते सोमबार इ.सं. : 21th September 2026 (Monday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १८:०० बजे तिथि : दशमी १८:१८ सम्म, तत्पश्चात् एकादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा (अहोरात्र) योग : शोभन १७:०२ सम्म, तत्पश्चात् अतिगण्ड करण : वणिज चन्द्रराशि: धनु ११:०१ सम्म, तत्पश्चात् मकर […]