०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
×

दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक मकालु एफसीलाई

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, भाद्र १७, २०८३

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो।

जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा मकालु एफसीका मदन मगरले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए।

एक गोलले पछि परेको हिमालयन एफसीले खेलमा फर्किन निरन्तर प्रयास गरे पनि मकालुको सशक्त रक्षापंक्तिले हिमालयनका आक्रमणलाई विफल पार्दै अग्रता जोगायो। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि मकालु एफसीले १–० को जित निकाल्दै दोस्रो मकालु गोल्डकपको च्याम्पियन बन्न सफल भयो।
फाइनलमा निर्णायक गोल गरेका मदन मगर फाइनलका उत्कृष्ट खेलाडी घोषित भए।

१६ टोलीको सहभागिता
द्विदिवसीय नकआउट प्रतियोगितामा मलेसियाका विभिन्न स्थानबाट १६ टोलीको सहभागिता रहेको थियो। अगस्ट ३० मा उद्घाटन भएको प्रतियोगिता अगस्ट ३१ मा फाइनल खेलसँगै सम्पन्न भएको हो।
उपाधिसँगै मकालु एफसीले १५ हजार १ मलेसियन रिंगेट पुरस्कार प्राप्त गरेको छ भने उपविजेता हिमालयन एफसीले ७ हजार ५ सय १ रिंगेट प्राप्त गरेको छ।

व्यक्तिगत विधामा पनि मकालुको दबदबा
प्रतियोगिताका व्यक्तिगत विधामा समेत मकालु एफसीका खेलाडीहरूको प्रभावशाली प्रदर्शन रह्यो।
उत्कृष्ट गोलरक्षक: प्रविन जिमी — मकालु एफसी
उत्कृष्ट रक्षक: बृजेश चौधरी — मकालु एफसी
उत्कृष्ट मध्यपंक्तिका खेलाडी: अजित चौधरी — हिमालयन एफसी
सर्वोत्कृष्ट खेलाडी: आशालाल कुमाल — मकालु एफसी
सर्वाधिक गोलकर्ता: बिमल वि.क. — मकालु एफसी (७ गोल)
फाइनलका उत्कृष्ट खेलाडी: मदन मगर — मकालु एफसीकेम्पा अवाना रंगशालामा सम्पन्न दोस्रो मकालु गोल्डकपले मलेसियामा रहेका नेपाली फुटबलप्रेमी, खेलाडी तथा नेपाली समुदायमा उत्साह थपेको छ।

आयोजक मकालु एफसीको उपाधि यात्राले मलेसियामा नेपाली समुदायबीच फुटबलप्रतिको बढ्दो आकर्षणसँगै खेलकुदमार्फत आपसी एकता र भाइचारालाई समेत थप बलियो बनाएको देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]