०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीकाे अनुसन्धान शुरु ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष २६, २०८०

काठमाण्डाै – सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यो विषयमा केन्द्रीय कार्यालयको समेत ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ । अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था छ ।

बलात्कार पीडित युवतीको नाम प्रहरीले गौशाला २६ राखेर अनुसन्धान अघि बढाएको थियो । अहिले केही व्यक्तिले गौशाला २६ को परिचय र तस्बिर सामाजिक सञ्जालमा राखेर उनीमाथि गालीगलौज र नकारात्मक टिप्पणी गरिरहेका छन् । यस्ता व्यक्तिविरुद्ध गौशाला २६ को तर्फबाट उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले परिचय सार्वजनिक गर्ने व्यक्तिहरूको खोजी थालेको छ ।

 

दोषीलाई पक्राउ गरेर बलात्कार पीडितको परिचय र तस्बिर सार्वजनिक गर्न नहुने कानुन र गालीगलौजको कानुन आकर्षित गरेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाण्डाैले हिजो आठ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]