०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीकाे अनुसन्धान शुरु ।

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष २६, २०८०

काठमाण्डाै – सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती गौशाला २६ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यो विषयमा केन्द्रीय कार्यालयको समेत ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ । अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था छ ।

बलात्कार पीडित युवतीको नाम प्रहरीले गौशाला २६ राखेर अनुसन्धान अघि बढाएको थियो । अहिले केही व्यक्तिले गौशाला २६ को परिचय र तस्बिर सामाजिक सञ्जालमा राखेर उनीमाथि गालीगलौज र नकारात्मक टिप्पणी गरिरहेका छन् । यस्ता व्यक्तिविरुद्ध गौशाला २६ को तर्फबाट उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले परिचय सार्वजनिक गर्ने व्यक्तिहरूको खोजी थालेको छ ।

 

दोषीलाई पक्राउ गरेर बलात्कार पीडितको परिचय र तस्बिर सार्वजनिक गर्न नहुने कानुन र गालीगलौजको कानुन आकर्षित गरेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाण्डाैले हिजो आठ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]