०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

रास्वपाका कार्यकर्ताले गौशाला २६ को तस्वीर सार्वजनिक गरिदिएपछि……..

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष २६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन गरेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्वीर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो ।

सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ । ‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले भनेको छ ।

चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए ।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको रास्वपाले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ । ‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले भनेको छ ।

के हुन्छ कारबाही ?
केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको फोटो भाइरल भइरहेको छ ।

अदालतले गोप्य राखेको नाम र पहिचानलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइँदैन । यसरी अदालतले गोप्य राखेको व्यक्तिको नाम र पहिचान सार्वजनिक गरेमा मुद्दा चल्न सक्छ ।

पीडितको सुरक्षाका लागि उसको नाम गोप्य राखिन्छ । पीडितमाथि आक्रमण हुन सक्छ भन्ने हेतुले गोप्य राख्नुपर्ने हुन्छ । त्यस्तै पीडितलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । त्यही घटनाले उसलाई जीवनभर आरोप लगाउन सक्ने स्थितिबाट बचाउनको लागि पहिचान गोप्य राख्ने गरिन्छ ।

त्यस्तै जघन्य फौजदारी मुद्दामा जाहेरी दिएर लडिरहेका महिला घर, परिवार र समाज सबैबाट घृणाको पात्र बन्न सक्छन् । त्यसैले पीडितप्रतिको धारणा नकारात्मक नबनोस् भनेर गोपनीयता राखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]