२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

रास्वपाका कार्यकर्ताले गौशाला २६ को तस्वीर सार्वजनिक गरिदिएपछि……..

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष २६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई निलम्बन गरेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्वीर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो ।

सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ । ‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले भनेको छ ।

चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए ।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको रास्वपाले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

सापकोटा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ । ‘प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ,’ रास्वपाले भनेको छ ।

के हुन्छ कारबाही ?
केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको फोटो भाइरल भइरहेको छ ।

अदालतले गोप्य राखेको नाम र पहिचानलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइँदैन । यसरी अदालतले गोप्य राखेको व्यक्तिको नाम र पहिचान सार्वजनिक गरेमा मुद्दा चल्न सक्छ ।

पीडितको सुरक्षाका लागि उसको नाम गोप्य राखिन्छ । पीडितमाथि आक्रमण हुन सक्छ भन्ने हेतुले गोप्य राख्नुपर्ने हुन्छ । त्यस्तै पीडितलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । त्यही घटनाले उसलाई जीवनभर आरोप लगाउन सक्ने स्थितिबाट बचाउनको लागि पहिचान गोप्य राख्ने गरिन्छ ।

त्यस्तै जघन्य फौजदारी मुद्दामा जाहेरी दिएर लडिरहेका महिला घर, परिवार र समाज सबैबाट घृणाको पात्र बन्न सक्छन् । त्यसैले पीडितप्रतिको धारणा नकारात्मक नबनोस् भनेर गोपनीयता राखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]