०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

नेपालकी मेनुका पौडेल,इण्डियन आइडलकाे अन्तिम ११,मा प्रवेश गरिन् ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, पुष २३, २०८०

काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । सेलिब्रेटी हुन् या दर्शक उनको गायकीका फ्यान बनिरहेका छन् । अभिनेता रणवीर कपुरले त ‘संगीतकी साक्षात् देवी’ भन्दै उनको पाउ नै छोए ।

 

इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरिन् । ‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । तर ‘बटम चार’मा पर्नुको अर्थ भोटको कमी छ भन्ने हो ।

 

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिइन् । गाउँदै गर्दा उनको मुटुको चाल (हार्ट बिट) बढेपछि म्युजिक बन्द गरियो । पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे । डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो ।

 

त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । शारीरिक असहजताका कारण उनले अघिल्ला एपिसोडमा जस्तो उत्साही ढंगले भने गाइनन् । यद्यपि, उनको गायकी सुमधुर नै रह्यो । विशेष अतिथि बनेका बलिउड अभिनेता सञ्जय दत्तले मेनुकाको गायकीको प्रशंसा गर्दै कहिल्यै पनि हार नमान्न सुझाव दिए ।

 

सञ्जयले आफूलाई पनि फोक्सोमा स्टेज फोरको क्यान्सर लागेको र आत्मबलले जितेको प्रसंग निकाल्दै मेनुकालाई पनि आत्मबल बलियो राखेर अघि बढ्न आग्रह गरे । ‘आज म यहाँ छु, मैले जितें र क्यान्सर हार्‍यो,’ सञ्जय भन्छन्, ‘त्यसरी नै तिमी पनि अघि बढ्दै जानुपर्छ । कहिल्यै नछोड्नु । तिमीले त्यो पर्खाल भत्काउनैपर्छ ।’

 

मेनुकालाई जज श्रेया घोषालले पनि सान्त्वता दिइन् । उनले भनिन्, ‘चाहे जेसुकै होस्, तिमीले यो गीत पूरा गर्न प्रयत्न गर्नैपर्छ । किनभने तिमी सक्षम छौ । संसारभरका संगीतप्रेमीको आशाको किरण हौ । तिमीले गरेनौ भने कसले गर्छ ? आई लभ यू ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]