०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

Logo
एजेन्सि प्रकाशित सोमबार, पुष २३, २०८०

जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा राहत वितरणमा समस्या भइरहेको छ । भूकम्पका कारण झन्डै एक हजार वटा पहिरो गएकोले धेरै ठाउँको सडकमा अवरोध भएको हो । पछिल्लो दुई दिनयता भूकम्प प्रभावित क्षेत्रमा हिउँ परेको छ भने केही क्षेत्रमा ठूलो वर्षा भएको छ ।

 

सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि अस्ति शनिवार उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]