२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

राप्रपाले देशको नेतृत्व गर्ने -अध्यक्ष लिङ्देन

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित सोमबार, पुष २३, २०८०

मलेसिया।राप्रपाले अब देशको नेतृत्व गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबि गरेका छन्।‌ आईतबार मलेसियाको क्वालालम्पुरमा प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशन कार्यक्रम लाई प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष लिङ्देनले ३० बर्ष देखि नेपालको राजनीतिमा अग्रणी स्थान ओगटेर रहेका र राज्य सत्ता सम्हालीरहेको पार्टी नेतृत्वले देशको विकास गर्नुको साट्टो आफ्नो ब्यक्तिगत बिकासका लागि भ्रष्टचारमा तल्लिन रहेको आरोप लगाएका छन्। नेपाल दुई वटा नेपाल भएको र यसलाई परिवर्तन  गर्नेको लागि राप्रपाले देशको नेतृत्व लिनु पर्ने बताए।

यसैगरी यी पार्टी नेतृत्व सचिनु पर्ने नत्र सकिनु पर्ने अवस्था रहेको अध्यक्ष लिङदेनले भने,अहिले भएका सबै ठुला भ्रष्टचारहरुमा यिनै पार्टी नेतृत्व मिलेमतोमा भईरहेकोछ । यिनिहरुको र यिनिहरुका आफ्न्तहरुको सम्पत्ति छानबिन गरि जफत गरिनु पर्छ ।’भ्रष्टचार गरेर खानु आफ्नै आमाको रगत खानु सरह हो’ तेसैले भ्रष्टचार उन्मुलन गरि देश बिकास गर्न राप्रपालाई साथ दिन अध्यक्ष लिङ्देनले सहभागी सबैलाई आग्रह गरे।‌

तीन करोड जनसंख्या भएको देशमा ६० हजार जनप्रतिनिधि रहेको छन।सबैको तलव, भत्ता र सुविधाको लागि देशको ढुकुकि रित्तिएकोछ । यस्तो ब्यवस्था परिवर्तन नगेर देश श्रीलंका बन्ने बताउदै प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री, अभिभागत्वरुपमा राजा ल्याउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने अध्यक्ष लिङ्देनले मागे गरे ।अब २०८४ सम्म पर्खने समय नभएको बताउदै अहिले नै नसचिएर अन्य पार्टीको राजनीति सकिने छ अध्यक्ष लिङदेनले दाबि गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]