०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

राप्रपाले देशको नेतृत्व गर्ने -अध्यक्ष लिङ्देन

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित सोमबार, पुष २३, २०८०

मलेसिया।राप्रपाले अब देशको नेतृत्व गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबि गरेका छन्।‌ आईतबार मलेसियाको क्वालालम्पुरमा प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशन कार्यक्रम लाई प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष लिङ्देनले ३० बर्ष देखि नेपालको राजनीतिमा अग्रणी स्थान ओगटेर रहेका र राज्य सत्ता सम्हालीरहेको पार्टी नेतृत्वले देशको विकास गर्नुको साट्टो आफ्नो ब्यक्तिगत बिकासका लागि भ्रष्टचारमा तल्लिन रहेको आरोप लगाएका छन्। नेपाल दुई वटा नेपाल भएको र यसलाई परिवर्तन  गर्नेको लागि राप्रपाले देशको नेतृत्व लिनु पर्ने बताए।

यसैगरी यी पार्टी नेतृत्व सचिनु पर्ने नत्र सकिनु पर्ने अवस्था रहेको अध्यक्ष लिङदेनले भने,अहिले भएका सबै ठुला भ्रष्टचारहरुमा यिनै पार्टी नेतृत्व मिलेमतोमा भईरहेकोछ । यिनिहरुको र यिनिहरुका आफ्न्तहरुको सम्पत्ति छानबिन गरि जफत गरिनु पर्छ ।’भ्रष्टचार गरेर खानु आफ्नै आमाको रगत खानु सरह हो’ तेसैले भ्रष्टचार उन्मुलन गरि देश बिकास गर्न राप्रपालाई साथ दिन अध्यक्ष लिङ्देनले सहभागी सबैलाई आग्रह गरे।‌

तीन करोड जनसंख्या भएको देशमा ६० हजार जनप्रतिनिधि रहेको छन।सबैको तलव, भत्ता र सुविधाको लागि देशको ढुकुकि रित्तिएकोछ । यस्तो ब्यवस्था परिवर्तन नगेर देश श्रीलंका बन्ने बताउदै प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री, अभिभागत्वरुपमा राजा ल्याउनु पर्ने र प्रदेश सरकार खारेज गर्नु पर्ने अध्यक्ष लिङ्देनले मागे गरे ।अब २०८४ सम्म पर्खने समय नभएको बताउदै अहिले नै नसचिएर अन्य पार्टीको राजनीति सकिने छ अध्यक्ष लिङदेनले दाबि गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]