१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आजै राष्ट्रियसभा निर्वाचन, मतदाताको अन्तिम नामावली प्रकाशन गरिने।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष २२, २०८०

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।

प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमाा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि नामुद बिचौलिया दीपक भट्ट पक्राउ परेपछि उनीसँग जोडिएका आर्थिक अपराधका नयाँ–नयाँ तथ्यहरू सार्वजनिक हुन थालेका छन्। भट्टको आर्थिक साम्राज्यमाथि छानबिन भइरहेका बेला उनले लगानी गरेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आफ्नी श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलासा भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता अभिलेख […]

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णयमाथिपरेको रिट निवदनको सुनुवाइ स्थगित भएको छ। महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित भएको हो। बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो । mahalaxmi Bank मुद्दा संशोधनको निर्णयमाथि […]

बजारमा चर्चा छ कि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २४ घण्टाभित्रै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। अर्थात्, सेवाग्राहीले ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स पाउने भनिएको छ। रास्वपा सरकार गठन भएलगत्तै यस्तो द्रुत सेवा कसरी सम्भव भयो? अघिल्ला सरकारले किन यस्तो गर्न सकेनन्? पहिले ट्रायल पास गरेपछि नवीकरणको समयसम्म पनि लाइसेन्स […]