०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष २२, २०८०

दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए । दलितको हकमा भने बीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने उनले जानकारी दिए

पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार दैलेखका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]