०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, एकीकृत समाजवादीकाे चित्त बुझेन ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, पुष २२, २०८०

काठमाण्डाै – राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् ।

यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।

चार दलले मात्रै भागबण्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेसमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भए पनि बाग्मती, गण्डकी र कर्णालीमा टुङ्गो लाग्न बाँकी छ ।

आज बैठक बसेर टुङ्गो लगाउने कांग्रेस र माओवादीका नेताहरुले बताएका छन् ।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुङ्ग्याउने सर्तमा एमालेलाई पनि राष्ट्रियसभामा सामेल गराउने प्रयास सफल हुन नसकेपछि गठबन्धन दलभित्रै भागबण्डा गर्ने तयारी भएको हो ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]