२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
×

एनआरएनए जोहोर मलेसियाद्वारा तीज विशेष कार्यक्रम स्थगित

Logo
Heronepal-Tv प्रकाशित आइतबार, भाद्र १४, २०८३

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने भनिएको तीज विशेष कार्यक्रमसहित पूर्वनिर्धारित सबै मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

समितिले २५ अगस्ट २०२६ मा जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो।

नेपालका रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण धनजनको ठूलो क्षति भएको र यसबाट उत्पन्न दुःखद एवं गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

कार्यक्रमका लागि छुट्याइएको स्रोतबाट संस्थागत आर्थिक सहयोगस्वरूप रु. ५० हजार सहयोग गर्ने प्रतिबद्धतासमेत समितिले जनाएको छ। विपद्का कारण प्रभावित नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरिएको हो।

एनआरएनए क्षेत्रीय समिति जोहोरले विपद्मा परी प्रत्यक्ष प्रभावित तथा पीडित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार, प्रभावितहरूलाई शीघ्र राहत तथा पुनर्स्थापनाको कामना गरेको छ।

समितिले यस विषम परिस्थितिमा मनोरञ्जनभन्दा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]