०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

बाढीपीडितको उद्धारका लागि बिनोद थापाद्वारा रु. १ लाख सहयोग, अभियानमा जुट्न आह्वान

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, भाद्र ११, २०८३

बाढीपीडितको उद्धारका लागि बिनोद थापाद्वारा रु. १ लाख सहयोग, अभियानमा जुट्न आह्वा

क्वालालम्पुर (मलेसिया) । भोजपुर स्थायी घर भई विगत दुई दशकदेखि मलेसियामा व्यापार–व्यवसाय गर्दै आएका समाजसेवी युवा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष बिनोद थापाले नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. १ लाख आर्थिक सहयोग गरेका छन्।

थापाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको उनले बताएका छन्।

थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष हुनुका साथै हाल नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षक समेत हुन्। लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका थापाले प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए।

बाढीका कारण प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि आफूले सक्दो सहयोग गरेको उल्लेख गर्दै थापाले मलेसियालगायत विभिन्न देशमा रहेका सम्पूर्ण नेपालीलाई राहत तथा सहयोग अभियानमा एकजुट हुन सार्वजनिक आह्वान समेत गरेका छन्।

उनले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्दै बाढीपीडितको उद्धार तथा राहत अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। विपद्को समयमा देश तथा विदेशमा रहेका नेपालीहरू एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्नेमा उनले जोड दिए।

यसैबीच, मलेसियामा रहेका अन्य नेपाली व्यवसायी, समाजसेवी तथा सहयोगी मनहरूले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार सहयोग रकम जम्मा गरिरहेका छन्।

नेपालमा विगतमा पनि विभिन्न किसिमका प्राकृतिक विपद् तथा संकट आइपर्दा मलेसियामा रहेका नेपाली समुदायले सक्रियतापूर्वक सहयोग अभियान सञ्चालन गर्दै आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएका छन्। पछिल्लो समय बाढीबाट प्रभावित नेपाली नागरिकका लागि भइरहेको सहयोग अभियानले विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]