०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

भिमसेन थापा गाउँपालिका वडा नं ४,ले जेष्ठ नागरिकलाई धार्मिक भ्रमण गरायाे ।

Logo
रबिन सिम्खडा प्रकाशित शनिबार, पुष २१, २०८०

पौष २१ गोर्खा । भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले पौष २१ गते ७० वर्ष उमेर नाघेका १५० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमर्ण गराएको हो ।

वडा समितिको पहलमा भएको भ्रमण कार्यक्रम अन्र्तगत धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमर्ण गरिएको थियो । उहाँहरुलाई वडाले देवघाट तिर्थ स्थलमन्दिर अवलोकन गराईएको हाे ।


भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निःशुल्क यातायातको ब्यवस्थापन सहित खाने,सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशीभएको बताएका छन् ।

उहाँहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको
बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिएकाछन । जेष्ठ नागरिकले वडाध्यक्ष लगायत सम्पुर्णजनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरेकाछन ।

 

उक्त भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडा नं ४ का वडाध्यक्ष धन बहादुर तामाङले बताउनु भयाे । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँकोअवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तामाङले बताएउनु भयाे ।

नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय भिमसेन थापा भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप भिमसेन थापा गां.पा ४,मा पहिलो पटक एक दिने भ्रमणमा लागिएको हो ।

वडामा ७० बर्ष माथिका ३५० जना जेष्ठ नागरिकहरु छन। जसमा इच्छुक १५०जना जेष्ठ नागरिकले भ्रमण गरेका थिए । वडाको बार्षिक बजेट बाट जेष्ठ नागरिक भ्रमण शिर्षकमा १ लाख ५० हजार बजेट विनियोजन गरिएको तेस वडाका वडा सचिब केशब बहादुर थापाले जानाकारी दिनु भयो ।

जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उहाँकाे भनाइ रहेकाेछ । वडाका कर्मचारी उमा पाण्डे सिम्खडाले, बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको बताउनु भयाे ।

जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य शैलेन्द्र शाक्य लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, जेष्ठ नागरिकहरुलाई यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि धावाका स्वास्थ्यकर्मी प्रमुख गुणराज लामिछाने सहितको टिम र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]