०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

भिमसेन थापा गाउँपालिका वडा नं ४,ले जेष्ठ नागरिकलाई धार्मिक भ्रमण गरायाे ।

Logo
रबिन सिम्खडा प्रकाशित शनिबार, पुष २१, २०८०

पौष २१ गोर्खा । भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले पौष २१ गते ७० वर्ष उमेर नाघेका १५० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमर्ण गराएको हो ।

वडा समितिको पहलमा भएको भ्रमण कार्यक्रम अन्र्तगत धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमर्ण गरिएको थियो । उहाँहरुलाई वडाले देवघाट तिर्थ स्थलमन्दिर अवलोकन गराईएको हाे ।


भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निःशुल्क यातायातको ब्यवस्थापन सहित खाने,सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशीभएको बताएका छन् ।

उहाँहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको
बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिएकाछन । जेष्ठ नागरिकले वडाध्यक्ष लगायत सम्पुर्णजनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरेकाछन ।

 

उक्त भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडा नं ४ का वडाध्यक्ष धन बहादुर तामाङले बताउनु भयाे । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँकोअवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तामाङले बताएउनु भयाे ।

नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय भिमसेन थापा भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप भिमसेन थापा गां.पा ४,मा पहिलो पटक एक दिने भ्रमणमा लागिएको हो ।

वडामा ७० बर्ष माथिका ३५० जना जेष्ठ नागरिकहरु छन। जसमा इच्छुक १५०जना जेष्ठ नागरिकले भ्रमण गरेका थिए । वडाको बार्षिक बजेट बाट जेष्ठ नागरिक भ्रमण शिर्षकमा १ लाख ५० हजार बजेट विनियोजन गरिएको तेस वडाका वडा सचिब केशब बहादुर थापाले जानाकारी दिनु भयो ।

जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उहाँकाे भनाइ रहेकाेछ । वडाका कर्मचारी उमा पाण्डे सिम्खडाले, बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको बताउनु भयाे ।

जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य शैलेन्द्र शाक्य लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, जेष्ठ नागरिकहरुलाई यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि धावाका स्वास्थ्यकर्मी प्रमुख गुणराज लामिछाने सहितको टिम र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]