०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

बाढीपीडित नेपालीको उद्धार तथा राहतका लागि उग्रतारा रेस्टुरेन्ट मलेसियाद्वारा रु. २१ हजार १२१ सहयोग

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, भाद्र ११, २०८३

क्वालालम्पुर (मलेसिया) । नेपालका रसुवालगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि मलेसियाको राजधानी क्वालालम्पुरस्थित कोतरायामा रहेको उग्रतारा रेस्टुरेन्टले रु. २१ हजार १२१ आर्थिक सहयोग गरेको छ।

बुधबार आएको भीषण बाढीका कारण रसुवालगायत नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै रेस्टुरेन्टले विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको हो।

उग्रतारा रेस्टुरेन्टका सञ्चालक तथा नेपाली जनसम्पर्क समिति मलेसियाका वरिष्ठ उपसभापति एवं पूर्वमहाधिवेशन प्रतिनिधि टेकबहादुर टमटाको तर्फबाट गरिएको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

विपद्को यस कठिन घडीमा गरिएको सहयोगले मानवीय सेवासँगै सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता समेत झल्काएको छ। विदेशमा रहेर व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायी तथा विभिन्न संघ–संस्थाले मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने क्रमलाई यस पहलले थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

उग्रतारा रेस्टुरेन्टले मलेसियामा नेपाली मौलिक परिकार तथा विभिन्न खानाका स्वाद उपलब्ध गराउँदै नेपाली समुदायसँग निरन्तर जोडिँदै आएको छ। बाढीपीडित नेपालीका लागि गरिएको यो सहयोगलाई मानवीय सेवाको भावनाबाट प्रेरित सकारात्मक पहलका रूपमा लिइएको छ।

रेस्टुरेन्टले विपद्को यस कठिन घडीमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]