०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

बाढीपीडितको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा रु. १ लाख सहयोग

Logo
Manoj Dashaundi प्रकाशित बिहिबार, भाद्र ११, २०८३

मलेसिया । नेपालका रसुवाकोगढीलगायत विभिन्न क्षेत्रमा बुधबार, भदौ १० गते आएको विनाशकारी बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले गहिरो दुःख व्यक्त गरेको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले रु. १ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको समाजको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो।

विपद्को यस कठिन घडीमा बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन समाजले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, पीडितहरूको दुःख र पीडामा साथ दिन इच्छुक सम्पूर्ण संघ–संस्था, समुदाय तथा सहयोगी मनहरूलाई आफूले सक्ने सहयोग गर्न समाजले हार्दिक अपिल गरेको छ।

समाजका कोषाध्यक्ष प्रदीप भट्टले उक्त निर्णयबारे नेपाली जनता खबरलाई जानकारी दिनुभएको हो।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षाका लागि सबै एकजुट हुँदै मानवीय सहयोगमा जुट्नुपर्नेमा जोड दिँदै समाजले विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपाली समुदायलाई बाढीपीडितहरूको साथमा उभिन आह्वान गरेको छ।

“विपद्को यस कठिन घडीमा सबै एकजुट भई बाढीपीडितहरूको साथमा उभिऔँ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]