२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

दोस्रो मकालु गोल्ड कप २०२६ को टाइ–सिट सार्वजनिक, १६ टोली उपाधिका लागि भिड्ने

Logo
Heronepal-Tv प्रकाशित सोमबार, भाद्र ०८, २०८३

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्।

प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, एन. पेनाङ एफसी, न्यू बोइज एफसी, एसबीवाईसी एफसी र आरटी एफसी रहेका छन्।

त्यस्तै, पोल ‘बी’ मा शिमानो एफसी, मनकामना एफसी, हिमालयन एफसी, सेनाई एफसी, सगरमाथा एफसी, न्यू स्टार एफसी, पीबीएफसी र कम्टेक एफसी रहेका छन्।

सार्वजनिक गरिएको टाइ–सिटअनुसार प्रतियोगिताको खेल अगस्ट ३० र ३१ मा सञ्चालन हुनेछ। पोल ‘ए’ अन्तर्गत मकालु एफसी र पुर्बेली एफसीबीच बिहान १० बजे, तामान यू एफसी र योङ थन्डर एफसीबीच दिउँसो १२ बजे, एन. पेनाङ एफसी र न्यू बोइज एफसीबीच दिउँसो २ बजे तथा एसबीवाईसी एफसी र आरटी एफसीबीच साँझ ४ बजे प्रतिस्पर्धा हुनेछ।

पोल ‘बी’ अन्तर्गत शिमानो एफसी र मनकामना एफसीबीच बिहान ११ बजे, हिमालयन एफसी र सेनाई एफसीबीच दिउँसो १ बजे, सगरमाथा एफसी र न्यू स्टार एफसीबीच दिउँसो ३ बजे तथा पीबीएफसी र कम्टेक एफसीबीच साँझ ५ बजे खेल हुने तालिका छ।

प्रतियोगिताको फाइनल खेल अगस्ट ३१ गते साँझ ६ बजे हुने टाइ–सिटमा उल्लेख छ। प्रतियोगिताका खेलहरू केम्पास अवाना स्टेडियम, जोहोर मा सञ्चालन हुनेछन्।

प्रतियोगिताअघि अगस्ट ३० गते बिहान ९ बजे उद्घाटन खेल समेत आयोजना हुने जनाइएको छ। प्रतियोगिताको आयोजना मकालु एफसी जोहोर, मलेसिया ले गरेको हो।

मलेसियामा नेपाली समुदायबीच फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रदर्शन तथा आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको मकालु गोल्ड कपको दोस्रो संस्करणलाई खेलप्रेमीहरूले चासोका साथ हेरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]