०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

मलेसियामा ३२ औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव भव्य रूपमा मनाइदै

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन २२, २०८३

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ।

यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, भविष्यको निर्माण” रहेको छ। सोही नारालाई आत्मसात गर्दै कार्यक्रममार्फत आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, मौलिक कला तथा पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा विशेष जोड दिइनेछ।

कार्यक्रममा मलेसियामा कार्यरत विभिन्न जातीय तथा सांस्कृतिक संस्थाहरूको सहभागितामा सांस्कृतिक झाँकी, परम्परागत नृत्य, मौलिक कला प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिको पहिचान झल्काउने विविध कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

नेपालका विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार, नेपाली समुदायका अगुवा तथा मलेसियामा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमले विदेशमा रहेका नेपाली आदिवासी जनजातिबीच आपसी एकता, सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले विगत १३ वर्षदेखि मलेसियामा रहेका नेपाली आदिवासी जनजातिहरूको हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि निरन्तर रूपमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई विश्व आदिवासी दिवस तथा वार्षिकोत्सव सफल बनाउन आग्रह गरेको छ।

कार्यक्रम विवरण:

  • कार्यक्रम: ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६
  • आयोजक: नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia)
  • मिति: ९ अगस्ट २०२६, आइतबार
  • समय: दिउँसो १२:०० बजे
  • स्थान: होटल हिमालयनको सभाहल, क्वालालम्पुर, मलेसिया

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]