२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मैले गोली चलाउने आदेश दिएको छैन -सर्लाहीका प्रमुख जिल्ला अधिकारी

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । उनले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’

तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए का छन ।

शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]