०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

मैले गोली चलाउने आदेश दिएको छैन -सर्लाहीका प्रमुख जिल्ला अधिकारी

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । उनले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’

तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए का छन ।

शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]