०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

राष्ट्रिय सभाकाे १९ वटै सिटमा उम्मेदवारी दिने एमाले केन्द्रीय सचिवालय बैठककाे निर्णय ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले छ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरू– कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बाग्मती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यस्तै लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले बताउनुभयो ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशबीचको बैठकमा के–के विषयमा छलफल भयो र के–के विषयमा सम्झौता भए भन्ने कुरा सत्तापक्षले प्रतिपक्षसँग परामर्श नगरेकाे कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा त्यसाे गरेन । याे विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छाैँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]