२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई अदालतले सफाइ दिएको छ ।

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष २०, २०८०

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ ।

आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले याे मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ ।

२०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएकाे बताउनुभएकाे थियाे ।

 

यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]