०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

मोबाइलबाटै भारत-नेपाल व्यक्तिगत खातामा पैसा पठाउन सकिने सेवा

Logo
Heronepal-Tv प्रकाशित सोमबार, जेठ २५, २०८३

काठमाडौँ । अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ अथवा कनेक्ट आईपीएसको मोबाइल एप मार्फत अन्तरदेशीय रकम पठाउन सक्छन् ।

यसका लागि क्रशबोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ । रकम ट्रान्सफर गर्दा बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ ।

भारत तर्फ समेत हाल मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै यो सुविधा लाइभ भएको बुझिएको छ । एनसीएचएलका अनुसार अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा क्रमशः यो सेवा विस्तार गरिनेछ । विगत एक सातादेखि नै यो सेवा आन्तरिक रूपमा परीक्षणमा रहेको एनसीएचएलले जनाएको छ । रकम ट्रान्सफरका लागि दैनिक तथा मासिक कारोबार सीमा तथा शुल्क तोकिएको छ ।

यद्यपि यस विषयमा अबको केही दिनभित्र एनसीएचएलले औपचारिक रूपमै घोषणा गर्ने तयारी समेत गरिरहेको छ । नबिल बैङ्कले भने आफ्नो मोबाइल बैङ्किङ एप एन बैङ्कमार्फत नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु भएको घोषणा नै गरेको छ ।

जसअनुसार नबिल बैङ्कमा खाता रहेका भारतीय नागरिकहरूले भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्कालै मोबाइल एपबाट रकम पठाउन सक्नेछन् । त्यसैगरी भारतबाट नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका आफ्ना परिवार तथा साथिभाइको नबिल बैङ्कमा रहेको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन् ।

बैङ्कले नेपालबाट भारत रकम पठाउनका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकेको छ । भारतबाट नेपालका लागि प्रति दिन दुई लाख भारुको सीमा लगाइएको छ भने मासिक सीमा भने तोकिएको छैन अर्थात् असीमित राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]