१५ भाद्र २०८३, सोमबार
31-08-2026 , Mon
×

दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६ सम्पन्न आँधीखोला स्याङ्जा बन्यो च्याम्पियन

Logo
Manoj Dashaundi प्रकाशित सोमबार, जेठ १८, २०८३

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ ।
प्रतियोगितामा प्रथम हुने आँधीखोला भलिबल क्लब स्याङ्जाले नगद RM 8008, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै द्वितीय हुने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाटले नगद RM 4004, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको  छ । प्रतियोगितामा थर्ड रनरअपको व्यवस्था भने गरिएको थिएन ।

त्यसैगरी विभिन्न विधागततर्फ समेत ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । विजेता टोलीहरूलाई नेपालबाट पाल्नु भएका विशिष्ट अतिथि तथा स्थानीय अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी टोलीहरूमा जेन–जेड युवा क्लब मलका, सगरमाथा युवा क्लब मलका–ए, फेट्टा भलिबल क्लब मलका, सयपत्री युवा क्लब मलका, नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट, नेपाल मगर संघ पेनाङ, न्यू स्पोर्ट्स क्लब मलेसिया सेरेम्बान, बि.वाई.सी भलिबल क्लब जोहोर–मुहार, सगरमाथा युवा क्लब पेनाङ, गुल्मी सेवा समाज मलेसिया, गोर्खाली क्लब जोहोर बाहरु, अलोरगाजा युनाइटेड मेलाका, टाइगर युवा क्लब मेलाका, आँधीखोला भलिबल क्लब स्याङ्जा नेपाल, सगरमाथा युवा क्लब मलका–बी तथा नेपाल मगर संघ मलेसिया रहेका थिए ।

क्वाटरफाइनलमा सगरमाथा युवा क्लब मलका–ए, सयपत्री युवा क्लब मलका, नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट, बि.वाई.सी भलिबल क्लब जोहोर–मुहार, सगरमाथा युवा क्लब पेनाङ, गोर्खाली क्लब जोहोर बाहरु, आँधीखोला भलिबल क्लब स्याङ्जा नेपाल तथा नेपाल मगर संघ मलेसिया प्रवेश गर्न सफल भएका थिए ।

सेमिफाइनलमा आँधीखोला भलिबल क्लब स्याङ्जा नेपाल, सगरमाथा युवा क्लब पेनाङ, सगरमाथा युवा क्लब मलका–ए तथा नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट पुगेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोह नेपाल मगर संघ मलेसियाका अध्यक्ष बिरस पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालबाट समेत केही विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व सगरमाथा युवा क्लबका अध्यक्ष प्रदिप बोहोरा “आकाश” ले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन तथा सम्पूर्ण व्यवस्थापनमा सगरमाथा युवा क्लबका महासचिव अर्जुन लावति लिम्बुको महत्वपूर्ण भूमिका रहेको थियाे ।

कार्यक्रमको समापनमा आयोजक संस्था सगरमाथा युवा क्लबका अध्यक्ष प्रदिप बोहोरा “आकाश” ले उपस्थित सम्पूर्ण अतिथि, खेलाडी, पत्रकार दर्शक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगिता धाँधलीरहित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभीको फेसबुक पेज तथा युट्युबमार्फत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ। समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो। विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने भनिएको तीज विशेष कार्यक्रमसहित पूर्वनिर्धारित सबै मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ। समितिले २५ अगस्ट २०२६ मा जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै […]